समाज


शिक्षा क्षेत्रमा ५५ बुँदे सुधारले परिवर्तन ल्याएको छ: मेयर आचार्य

शिक्षा क्षेत्रमा ५५ बुँदे सुधारले परिवर्तन ल्याएको छ: मेयर आचार्य

नेपालखबर
चैत ९, २०८२ सोमबार १२:१८, काठमाडौँ

पोखरा महानगरपालिकामा शिक्षाको गुणस्तर सुधारका लागि चालिएका कदमले सकारात्मक नतिजा दिन थालेको मेयर धनराज आचार्यले बताएका छन्। 

पछिल्लो समय सामुदायिक विद्यालयमा ८ हजारभन्दा बढी विद्यार्थी थपिएको उनले बताए। कतिपय सरकारी विद्यालयमा त भर्ना पाउनै मुस्किल हुने अवस्था सिर्जना भएको उनको भनाइ छ। ‘हामी आईसकेपछि सरकारी विद्यालयमा ८ हजार विद्यार्थी थपिएका भएका छन्। हाम्रा थुप्रै सरकारी विद्यालयमा भर्ना गर्न पाइँदैन,’ उनले भने। 

अहिले थुप्रै विद्यालयमा २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको उनले बताए। महानगरले शिक्षा क्षेत्रमा ५५ वटा विभिन्न बुँदामा सुधारका कामहरू अघि बढाएपछि परिवर्तन आएको उनको भनाइ छ। 

यसले गर्दा सरकारी विद्यालय र शिक्षकमा आत्मविश्वास पलाएको मेयर आचार्यले बताए। ‘शिक्षामा ५५ वटा विभिन्न बुँदामा सुधार गरेका छौँ। जसका कारणले गर्दा हाम्रा विद्यालय पनि कन्फिडेन्ट हुँदै छन्, भइरहेका छन्,’ उनले भने 

यसैसँगै विकासको बजेटलाई तल्लो तहसम्म पुर्‍याएको उनले बताए। बजेटको व्यापक विकेन्द्रीकरण गरेकाले वडाध्यक्षले प्रयाप्त खर्च गरिरहेको उनको भनाइ छ। 

‘अघिल्लो कार्यकालसम्म माथिले दिएन भन्ने थियो। मैले पहिलो बैठकबाटै अघिल्लो कार्यकालमा अध्यक्षहरूले पाँच वर्षमा पाएको बजेट मेरो कार्यकालका वडाध्यक्षहरूले पहिलो वर्षमा नै पाएका छन्,’ आचार्यले भने, ‘एउटा अध्यक्षले २५ वर्षमा पाउने बजेट एकै वर्षमा हामीले वडामा पठाएका छौँ। वडा स्तरका तलतलसम्मका सबै काम बनेका छन्।’

एउटा वडाध्यक्षले २५ वर्षमा पाउने जति बजेट एकै वर्षमा वडामा पठाएर वडा तहका साना–ठूला सबै कामलाई तिब्रता दिइएको उनको भनाइ छ। वडा बलियो र सफल भए मात्र महानगर सफल हुनेमा उनले जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad