समाज


दामन–सिमभञ्ज्याङमा ढकमक्क लालीगुराँस (तस्बिरहरू)

दामन–सिमभञ्ज्याङमा ढकमक्क लालीगुराँस (तस्बिरहरू)

सुनिता विष्ट
चैत ९, २०८२ सोमबार १२:३८, हेटाैँडा

वसन्त ऋतु सुरु भएसँगै मकवानपुरको थाहा नगरपालिकामा पर्ने दामन–सिमभञ्ज्याङ क्षेत्र यतिबेला लागिगुराँसले ढाकिएको छसेता, राता र गुलाबी रंगका लागिगुराँसले सजिँदा दामन–सिमभञ्ज्याङ क्षेत्र यतिबेला मनमोहक बनेको छ।

विशेषगरी फागुनदेखि बैशाखसम्म फुल्ने लागिगुराँस यतिबेला पूर्ण रूपमा फक्रिएको देखिन्छ। 

लागिगुराँस केवल सौन्दर्यका लागि मात्र नभई सांस्कृतिक र प्राकृतिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ। नेपालको राष्ट्रिय फूलका रूपमा परिचित रातो लाली गुराँस देशको पहिचान, गौरव र राष्ट्रिय एकताको प्रतीक मानिन्छ। यहाँ सेतो लालिगुराँस पनि पाइन्छ। यो दुर्लभ प्रकारको लाली गुराँस हो।

यहाँ प्रेम, आकर्षण र कोमल भावनाको प्रतीक मानिने गुलाबी रंगको लालिगुराँस पनि देख्न सकिन्छ।  

जसले प्राकृतिक सौन्दर्यमा थप रंगीन बनाएको छ। रातो रंगको लालिगुराँस जताततै पाइए पनि सेतो र गुलाबी गुराँस भने कतैकतै मात्र देख्न सकिन्छ। जसकारण यसको संरक्षणको लागि स्थानीय तहले पनि पहल अघि बढाएका छन्। 

वनस्पतिशास्त्रीय दृष्टिले पनि लागिगुराँसले पहाडी पारिस्थितिक प्रणाली सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्ने वनस्पतिविद् बताउँछन्। 

यसले जैविक विविधता संरक्षणमा योगदान पुर्‍याउनुका साथै स्थानीय वातावरणलाई हरियाली र जीवन्त बनाइराख्छ।

दामन–सिमभञ्ज्याङ क्षेत्र हिमाली दृश्यका लागि पनि प्रसिद्ध मानिन्छ। 

यहाँबाट अन्नपूर्ण, मनास्लु र गणेश हिमालसहित विभिन्न हिमश्रृंखलाको दृश्य अवलोकन गर्न सकिन्छ। 

लागिगुराँसले ढाकिएको हरियाली जंगल र चिसो हावासँगै हिमालको दृश्यले यस क्षेत्रको सौन्दर्य झन् बढाएको छ।

हेटौँडा र काठमाडौँबाट छोटो दूरीमै पुग्न सकिने भएकाले पनि दामन–सिमभञ्ज्याङ पछिल्लो समय लोकप्रिय गन्तव्य बन्दै गएको छ। 

प्राकृतिक सौन्दर्य, शान्त वातावरण र रंगीन लागिगुराँसको संयोजनले यो क्षेत्रलाई अझ आकर्षक बनाएको छ।


 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad