जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट भागेका एक व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन्।
सिन्धुली, कमलमाई नगरपालिका ४ घर भएको वर्ष २८ को चेत बहादुर रम्तेललाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका १० कपन साप्रेढुङ्गा चोक नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनी गत भदौ २४ गते सुन्धारा कारागारबाट फरार भएका थिए।
रम्तेलको साथबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २.३८ ग्राम, नगद रु ७७ हजार, मोबाइल थान २ र डिजिटल तराजु फेला परेको छ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिइ प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।
51
Shares

प्रतिक्रिया