गुल्मीको रेसुंगा नगरपालिका-३ भाडगाउँमा सडक किनारबाट खसेर एक वृद्धको मृत्यु भएको छ।
शनिबार दिउँसो करिब २ बजेतिर सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्रममा अचानक सडकबाट करिब १० मिटर तल खस्दा स्थानीय ७५ वर्षीय ज्ञानेश्वर पाण्डेको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारूले पाण्डेको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिए।
स्थानीय बािसन्दाले घटनाबारे जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी सारूले बताए।
54
Shares

प्रतिक्रिया