सोमबार र मंगलबार संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ।
जसमा सबैभन्दा बढी प्रदेश २ मा ९६ जना संक्रमित भएका छन् भने सबैभन्दा कम गण्डकी प्रदेशमा २ जना मात्रै छन्। अहिलेसम्म कर्णाली प्रदेशमा भने संक्रमित भेटिएका छैनन्।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म १७६ पुरुष ४३ महिला गरी कूल २१९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरे।
आजै बाँकेका १ र कपिलवस्तुका १ जनामा कोरोना संक्रमण भेटिएको उनले जानकारी दिए। बाँकेका २६ वर्षीय पुरुषको धुलिखेल अस्पतालको प्रयोगशालामा र कपिलबस्तुका २२ वर्षीय पुरुषको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताए।
उनका अनुसार प्रदेश १ को उदयपुर, भोजपुर झापा गरी तीन जिल्लामा कुल ३५ जनामा संक्रमण पाइएको बताए।
त्यस्तै प्रदेश २ का ८ जिल्लामध्ये ७ जिल्लामा गरी ९६ जना कोरोना संक्रमित भेटिएका छन्। प्रदेश २ का धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, रौतहट, बारा र पर्सामा संक्रमित भेटिएका छन् भने सिरहामा अहिलेसम्म संक्रमित नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रवक्ता देवकोटाले बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, धादिङ र चितवन गरी चार जिल्लामा ९ जना संक्रमित फेला परेको बताए।
त्यस्तै गण्डकी प्रदेशको बागलुङमा २ जना संक्रमित फेला परेको र उनीहरु उपचारपछि निको घएर घर फर्किसकेको प्रवक्ता देवकोटाले जनाकारी दिए। त्यस्तै प्रदेश ५ का कपिलबस्तु रुपन्देशी, बाँके र बर्दियाया गरी ४ जिल्लामा ७२ जना र सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा ५ जना संक्रमिट भेटिएको र उनीहरु पनि उपचारपछि निको भएर घर फर्किसकेका छन्।
संक्रमितमध्ये अहिलेसम्म ३५ जना निको भएर घर फर्किसकेको प्रवक्ता देवकोटाले बताए।

प्रतिक्रिया