पर्साको वीरगन्जस्थित नारायणी अस्पतालबाट भागेका एक जना कोरोना संक्रमित फिल्म हलमा भेटिएका छन्।
बुधबार दिउँसो अस्पतालको आइसोलेसन वार्डमा राखिएका दुई जना भागेका थिए। तीमध्ये एक जना वीरगन्जकै श्रीराम हलमा भेटिएको पर्सा प्रहरीले जनाएको छ। अस्पतालबाट भागेपछि उनी बन्द रहेको फिल्म हलमा गएर लुकेको अवस्थामा प्रहरीले फेला पारेको हो।
अर्का व्यक्तिको पनि खोजी भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्र बहादुर साहले बताए।
अस्पतालको सर्जिकल वार्डमा आइसोलेसन बेड तयार गरी राखिएका ती दुई संक्रमित शौचालयको झ्यालबाट भागेका थिए। उनीहरुलाई मंगलबार साँझ अस्पताल लगिएको थियो। मंगलबार पर्सामा ५७ जना संक्रमित भेटिएका थिए।

प्रतिक्रिया