हङकङका नक्कली चस्मा बेच्ने पसलमा छापा, ५ जना पक्राउ

हङकङका नक्कली चस्मा बेच्ने पसलमा छापा, ५ जना पक्राउ

भन्सारले बरामद गरेका चस्मा (ह्यान्डआउट)


नेपालखबर
चैत ५, २०८२ बिहिबार १९:५८, हङकङ

हङकङ भन्सारले सहरका नक्कली चस्मा कारोबार गर्ने पसलहरूमा छापा मारेको छ। 

स्थानीय सञ्चारमाध्यमहरूमा आएको समाचारअनुसार भन्सार तथा अन्त:शुल्क विभागका कर्मचारीले मङ्‌गलबार र बुधबार नक्कली सामान बिक्री गर्नेलाई लक्षित गर्दै सञ्चालन गरेको सर्च अभियानमा झन्डै २२ लाख हङकङ डलर मूल्य बराबरका नक्कली चस्मा बरामद गर्नुका साथै ५ जनालाई पक्राउ गरेका हुन्।

चेङसा वान, क्वाइसिङ, चुनवान र फानलिङका पाँच खुद्रा पसल र क्वुनतोङको एक सप्लायर्सकोमा छापा मार्ने क्रममा अधिकारीले उक्त मूल्यका चस्मा र तिनमा आबद्ध व्यक्तिलाई पक्राउ गरेका हुन्। 

भन्सार विभागले नक्कली सनग्लास सामान्यतया बजार मूल्यभन्दा २० देखि ३० प्रतिशत कम मूल्यमा बेचिने गरेको जनाएको छ। यी चस्मा मौलिक प्याकेजिङका नहुने र यिनको बनावट कम गुणस्तरको सामग्रीबाट बन्ने गरेको सम्झाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .