समाज


अवतरणका क्रममा भित्तामा ठोक्कियो हेलिकप्टर

अवतरणका क्रममा भित्तामा ठोक्कियो हेलिकप्टर

सुमन सुस्केरा
चैत ४, २०८२ बुधबार १३:२, विराटनगर

खोटाङको केपिलासगढीमा एयर डाइनेस्टीको हेलिकप्टर अवतरणका क्रममा भित्तामा ठोक्किएको छ। 

बुधबार दिउँसो केपिलासगढी गाउँपालिका-२ स्थित बालाबेसीमा एयर डाइनेस्टीको ‘९-एनएफक्यू’ हेलिकप्टर दुर्घटना भएको हो। पारिवारिक परियोजनका लागि चार्टर्ड गरेर ल्याइएको हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश बुढाथोकीले बताए। 

डीएसपी बुढाथोकीका अनुसार हेलिकप्टरमा चालकसहित ६ जना सवार थिए। ​दुर्घटनामा परी हेलिकप्टरमा सवार काजीबहादुर राई घाइते भएका छन्। अन्य पाँच जना सकुसल रहेका छन्। 

​घाइते राईलाई उपचारका लागि अर्को हेलिकप्टर मगाएर घटनास्थलबाट पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। 

हेलिकप्टर अवतरण गर्ने क्रममा हावाको तीव्र बेगका कारण नजिकैको भित्तामा ठोक्किएको प्रारम्भिक अनुमान रहेको डीएसपी बुढाथोकीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad