समाज


ठमेलबाट हुण्डी कारोबारी चिनियाँ नागरिक पक्राउ

ठमेलबाट हुण्डी कारोबारी चिनियाँ नागरिक पक्राउ

फाइल फोटो


नेपालखबर
चैत ३, २०८२ मंगलबार २०:३, काठमाडौँ

काठमाडौँको ठमेलमा होटल व्यवसाय गरिबस्ने चिनियाँ नागरिक स्रोत नखुलेको १० लाख रुपैयाँसहित पक्राउ परेका छन्।

राहदानी नं. ईके२७०९९४५ बाहक वर्ष ५३ को तान छियाङ नाम गरेको व्यक्तिलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सो परिमाणको रकमसहित नियन्त्रणमा लिएको हो।

अवैध रुपमा अन्तरदेशीय रकम लेनदेन (हुण्डी कारोबार) गर्ने गरेको भन्ने विशेष सूचनाको गएको प्रहरी टोलीले यही चैत १ गते ठमेल ज्याठाबाट पक्राउ गरेको हो। 

उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad