गएको २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर १२७ जना घाइते भएका प्रहरीले जनाएको छ
यस अवधिमा लुम्बिनी प्रदेशमा तीन, काठमाडौँ उपत्यकामा तीन, गण्डकीमा दुई, बागमतीमा एक र कोसी प्रदेशमा दुई जनाको मृत्यु भएको हो।
त्यसैगरी दुर्घटनामा परेर बागमतीमा १२, काठमाडौँ उपत्यकामा ३९, कोसीमा ३८, सुदूरपश्चिममा ६, लुम्बिनीमा १० र मधेस प्रदेशमा १६ जना घाइते भएका छन्।

135
Shares

प्रतिक्रिया