समाज


मिटरब्याज पीडकलाई कारबाहीको माग गर्दै पीडितको प्रदर्शन

मिटरब्याज पीडकलाई कारबाहीको माग गर्दै पीडितको प्रदर्शन

नेपालखबर
चैत २, २०८२ सोमबार १४:२३, काठमाडौँ

मिटरब्याज पीडिकलाई कारबाही गर्न माग गर्दै आएका पीडितले सोमबार पनि काठमाडौंमा प्रर्दशन गरेका छन्।

पक्राउ परेका पीडिकलाई तत्काल कारबाही गर्न सरकारसँग माग गर्दै उनीहरूले जिल्ला प्रहरी परिसर, काठमाडौँ अगाडि प्रदर्शन गरेका हुन्। शान्ति तिवारी, विनय टिवटेवाला लगायतका मिटरब्याज पीडकलाई हाल प्रहरी परिसरको हिरासतमा राखिएको छ। 

लाखौ रुपैयाँ ठगी गर्ने उनीहरूलाई कारबाही गर्न प्रहरी परिसर अगाडि प्रर्दशन गरेको मिटरब्याज पीडित मञ्जु श्रेष्ठले बताइन्। पीडकले आफूहरूमाथि ठूलो अन्याय गरेकाले उनीहरूलाई सरकारले कडा कानुनी कारबाही गर्नुपर्ने श्रेष्ठको भनाइ छ। ‘यस्ता कुख्यात मिटरब्याजीलाई निर्मूल पार्नुपर्छ। यिनलाई हदैसम्म कारबाही गर्नुपर्छ,’ उनले भनिन्।

उनीहरूले पीडकलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया सुरु गरिएको भन्दै नेपाल सरकार, अदालत र प्रहरीलाई पनि धन्यवाद दिएका छन्। आफूहरूमाथि ठगी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएकाले उनीहरूलाई कारबाहीका लागि दबाब दिनुपरेको अर्की पीडित सुनिता चापागाईँ खतिवडाले बताइन्। उनले नेपालमा धेरैले ठगीको सामना गर्नु परेकाले त्यस्ता अपराध कर्ममा लागेकालाई सरकारले उन्मुक्ति दिन नहुने भन्दै आक्रोश समेत व्यक्त गरिन्। 

‘एक लाखभन्दा बढि मानिस मिटरब्याज पीडित, भूमिहिन र अनुचित लेनदेन पर्नुभएको छ। हामी यहाँ मिटरब्याज पीडितले उनीहरूविरुद्ध उजुरी दिएका थियौँ,’ उनले भनिन्।

मिटरब्याज पीडित लामो समयदेखि आन्दोलनमा छन्। उनीहरूले न्यायका लागि सरकारलाई दबाब दिँदै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad