समाज


राशिफल २८ फागुन : मेषको प्रेम सम्बन्ध फक्रने, कुम्भलाई अचल सम्पत्ति लाभ, तपाईँको दिन कस्तो?

राशिफल २८ फागुन : मेषको प्रेम सम्बन्ध फक्रने, कुम्भलाई अचल सम्पत्ति लाभ, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
फागुन २८, २०८२ बिहिबार ४:४४, काठमाडौँ

आज बिहीबार, २८ फागुन २०८२ (१२ मार्च २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: अधुरो र नयाँ कार्यको थालनी हुनेछ। छरछिमेकमा सम्पन्न हुने धार्मिक एवं सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्। प्रेम सम्बन्ध फक्रनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिएर कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

वृष: आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। बोलीको विपरीत अर्थ लाग्न सक्छ। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ। मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइनेछ।

भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मिथुन: राजनीतिक समारोहमा सरिक हुने सम्भावना छ। स्वास्थ्यमा सुधार आउनेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ। सेयर बजार वा व्यापारमा नोक्सानी हुन सक्छ।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कर्कट: बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

सिंह: आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। भोजभतेरमा सहभागी हुनुपर्ला। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

कन्या: मनमा निराशा र शरीरमा आलस्य आउला। प्रेममा मनमुटाव आउन सक्छ। पढाइलेखाइमा ध्यान दिन नसकिएला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ मिल्नेछ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

तुला: आँटे-ताकेको कार्य पूरा होला। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। लाभदायक भेटघाटलाई नकार्न सकिँदैन। प्रतिस्पर्धी परास्त होलान्। परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ८१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृश्चिक: कार्यसिद्ध हुनेछ। खानपिनसहित रमाइलो कार्यक्रममा सहभागी भइएला। सहयोगीले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६६, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५० र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

धनु: एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण भइनेछ। रोकिएका काम दोहोर्‍याएर गर्दा सफलता मिल्नेछ। धार्मिक/सामाजिक कार्यमा विशेष रुचि हुने देखिन्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

मकर: अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। सामान हराउने योग छ। मन मिल्ने साथीको सहयोग मिल्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ४१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

कुम्भ: अचल सम्पत्ति हात पर्ने योग छ। चिताएको कामले तीव्रता लिनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग छ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६०, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन: समाजसेवाबाट लोकमा प्रसिद्ध भइनेछ। धार्मिक कार्य सफल रहनेछ। रोकिएका काम सम्पादन हुनेछन्। नयाँ काम पाइने योग छ। प्रेम सम्बन्ध कसिलो होला। मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ४८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad