थाइल्यान्डमा एयर इन्डिया एक्सप्रेसको जहाज बुधबार दिउँसो अवतरण गर्ने क्रममा दुर्घटना भएको छ।
भारतको हैदराबादबाट थाइल्यान्डको फुकेट गएको विमान धावनमार्गमा अवतरण गर्दा नोज गियर भाँचिँदै अगाडिको पांग्रा फुत्किएको हो।

थाई अखबार द नेसनका अनुसार विमानमा रहेका सबै १३३ यात्रुलाई भने सुरक्षित रूपमा बाहिर निकालियो। कसैलाई कुनै पनि चोटपटक लागेको छैन।
विमान समयभन्दा अगाडि नै फुकेट पुगेको थियो। अवतरण समय बिहान ११:४० भए पनि विमान बिहान ११:२४ मै त्यहाँ पुगेको थियो।
HARD LANDING grounds Phuket Airport & closes runway
Air India Express seen in a ROUGH touch down 'suffered nose wheel issue' — reports pic.twitter.com/fbTkXMxVme — RT (@RT_com) March 11, 2026
129
Shares

प्रतिक्रिया