ad ad

समाज


सीमा बचाऔं अभियानको मागः जस्तो अतिक्रमण, उस्तै प्रतिरोध

सीमा बचाऔं अभियानको मागः जस्तो अतिक्रमण, उस्तै प्रतिरोध

नेपालखबर
बैशाख २९, २०७७ सोमबार १६:४०,

सीमा बचाऔं अभियान, नेपालले भारतद्वारा अतिक्रमित भूमि फिर्ताको माग गर्दै प्रदर्शनमा उत्रिएका युवा विद्यार्थीलाई सरकारले गिरफ्तार गरेकोप्रति विरोध गरेको छ।

अभियानका संयोजक भैरव रिसालले सोमबार विज्ञप्ति निकालेर पूर्व प्रशासक डा.द्वारिकानाथ ढुंगेल, पूर्व महालेखा परीक्षक सुकदेव भट्टराई, पूर्व एसपी दिलिप बस्नेत, पूर्व रामकृष्ण थापा, प्राध्यापक सागर थापालगायत अभियन्ताहरुलाई सोमबार माइतीघर मण्डलानजिक गिरफ्तार गरिएको भन्दै असन्तुष्टि प्रकट गरेका हुन्।

अभियानले विभिन्न प्रमाणहरुका आधारमा लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका अतिक्रमित क्षेत्र समेटि तयार पारेर सरकारलाई हस्तान्तरण गरेको नक्सा प्रयोगमा ल्याउन पनि सरकारसँग पुनः आग्रह गरेको छ।

यस्तै, नक्सा अभियानका विरुद्ध नक्सा प्रतिरोध, भूमि अतिक्रमणविरुद्ध भूमिको सुरक्षा, प्रशासनिक अतिक्रमणविरुद्ध प्रशासनिक प्रतिरोध, सैन्य अतिक्रमणविरुद्ध सैन्य प्रतिरोध तथा कूटीनिक अतिक्रमणविरुश्रद्ध कूटनीतिक प्रतिरोध गरी अतिक्रमित भूमि फिर्ता गर्न भारतीय प्रधानमन्त्री नरेनद्र मोदीसँग वार्ता गर्न माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .