समाज


सर्लाहीमा मतदान अधिकृतको मृत्यु

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

नेपालखबर
फागुन १९, २०८२ मंगलबार १७:१६, काठमाडौँ

सर्लाहीमा मतदान अधिकृतको ज्यान गएको छ। 

निर्वाचन क्षेत्र नं २ पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालय जिगडवा मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिएका सिनियर अहेव रघुनाथ महतोको मृत्यु भएको हो।

मंगलबार अचानक बेहोस भएका महतोलाई प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले् जनाएको छ।

रौतहटको माधव नारायण नगरपालिका ६ घर भएका ४२ वर्षीय महतो सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा कार्यरत थिए।

घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad