इजरायली सेनाले आफ्नो वायुसेनाले इरानको राष्ट्रपति कार्यालयलाई निसाना बनाएको दाबी गरेको छ।
टेलिग्राममा जारी गरिएको विज्ञप्तिमा, इजरायल रक्षा बल (आईडीएफ) ले भनेको छ, 'धेरै गोलाबारुद राष्ट्रपति कार्यालय र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्मा खसालिएको छ।'
आईडीएफका अनुसार आक्रमणले इरानका तत्कालीन सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले प्रयोग गर्ने सरकारी परिसरलाई लक्ष्य गरेको थियो। गत हप्ता सोही परिसरमा भएको अमेरिकी-इजरायली आक्रमणमा खामेनी मारिएका थिए।।
आईडीएफले अगाडि भनेको छ, 'एक सैन्य प्रशिक्षण संस्थान र केही अन्य महत्त्वपूर्ण सरकारी स्थानलाई पनि निसाना बनाइएको छ।'
आक्रमणको विस्तृत विवरण आइसकेको छैन।
570
Shares

प्रतिक्रिया