कोरोना संक्रमणको आशंकामा गत २४ घण्टामा २ हजार ७ सय ९९ वटा परीक्षण भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाका अनुसार सोमबारसम्म पीसीआर विधिबाट १७ हजार ८ सय ९ र आरडिटी विधिबाट ५८ हजार ५ सय ४६ वटा परीक्षण भएका छन्।
प्रदेश नम्बर १ मा ७ हजार ७ सय ३७, प्रदेश नम्बर २ मा ५ हजार ९ सय २७, बागमती प्रदेशमा ९ हजार २ सय ९० र गण्डकी प्रदेशमा ६ हजार ४ सय ८४ वटा आरडटी परीक्षण भएका छन्। यसैगरी प्रदेश नम्बर ५ मा ६ हजार ९ सय ८५, कर्णाली प्रदेशमा ७ हजार १ सय १४ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ९ वटा आरडीटी परीक्षण भएको प्रवक्ता डा. देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।
क्वारेन्टिनमा देशभरी १२ हजार ७ सय १ जना रहेका छन्। प्रदेश नम्बर १ मा १ हजार ४७, प्रदेश नम्बर २ मा १ हजार ५ सय १७, बागमती प्रदेशमा १ सय १८ र गण्डकी प्रदेशमा ३ सय १६ जना क्वारेन्टाइनमा रहेका छन्। यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ९ सय ४३, कर्णाली प्रदेशमा १ हजार ७ सय ४५ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १५ जना क्वारेन्टिनमा रहेका छन्।
सोमबार ११ जना नयाँ कोरोना संक्रमित भेटिएसँगै नेपालमा संक्रमितको संख्या १ सय २१ पुगेको छ। मन्त्रालयका अनुसार सोमबार कपिलवस्तुमा १० जना पुरुष र सप्तरीमा १ जनामा संक्रमण देखिएको हो।
कपिलवस्तुमा १८ वर्षदेखि ३४ वर्षभित्रका पुरुष र सप्तरीमा १८ वर्षिय पुरुषमा संक्रमण देखिएको मन्त्राकालयका प्रवक्ता डा. देवकाटाले बताए। नेपालमा अहिलेसम्म ८९ पुरुष र ३२ जना महिलामा संक्रमण देखिएको छ।
प्रदेश नम्बर ५ मा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। त्यहाँ ४० जनामा संक्रमण देखिएको छ। यस्तै प्रदेश नम्बर १ मा ३५, प्रदेश नम्बर २ मा ३२ र बागमती प्रदेशमा ७ जनामा संक्रमण देखिएको छ। यस्तै गण्डकी प्रदेशमा २ मा सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको छ। कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन्।
कोसी अस्पतालमा उपचाररत २ जना डिस्चार्ज भएका छन्। भोजपुरका २६ वर्षीय पुरुष १८ औं दिन र झापाका ४८ वर्षीय पुरुष १५ दिनमा डिस्चार्ज भएका हुन्। २४ घण्टाको अन्तरमा गरिएको परीक्षण २ वटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो। योसँगै डिस्चार्ज हुनेको संख्य ३३ पुगेको छ।
देशका विभिन्न अस्पतालमा १ सय ५३ जना संकास्पद विरामी आइसोलेसनमा उपचाररत रहेका छन्। प्रवक्ता देवकोटाका अनुसार प्रदेश नम्बर १ मा २४, प्रदेश नम्बर २ मा ३९, बागमती प्रदेशमा २६ (उपत्यकामा १ जनासहित), गण्डकी प्रदेशमा १ र प्रदेश नम्बर ५ मा ६३ जना आइसोलेसनमा रहेका छन्।

प्रतिक्रिया