कोरोना भाइरस ‘कोभिड १९’ का कारण हुने गरेको मृत्युको घटना चीनमा रोकिएको छ।
कोरोना भाइरसको उत्पत्तिस्थल चीनमा कोरोनाका कारण हुने मृत्युदर शून्यमा झरेको हो।
चीनमा २६ दिनयता कोरोनाका कारण कसैको पनि ज्यान नगएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार जनाएको छ।
चीनमा हाल कोरोनाको प्रभाव घटेको छ। गत जनवरीदेखि तीन महिना चीनले देशभर लकडाउन लागू गरेको थियो।
अप्रिल यता चीनको अवस्था सामान्य बन्दै जाँदा कोरोनाका कारण पछिल्लो समय अन्य देश निकै प्रभावित बनेका छन्। एजेन्सी

प्रतिक्रिया