समाज


नयाँ बानेश्वरमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

नयाँ बानेश्वरमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

नेपालखबर
फागुन १९, २०८२ मंगलबार १०:१५, काठमाडौँ

काठमाडौँको नयाँ बानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालक पुरुषको मृत्यु भएको छ।

मंगलबार बिहान बिहान पौने ९ बजेतिर भएको दुर्घटनामा सुनसरीको इनरुवा नगरपालिका ५ घर भइ हाल भक्तपुरको लोकन्थली बस्दै आएका ४८ वर्षीय बद्री कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

आज बिहान काठमाडौँ महानगरपालिका ३१ मिनभवन सिविल अस्पताल अगाडी दुर्घटना भएको हो। बिजुलीबजार बाट तिनकुनेतर्फ जाँदै गरेको ब. २ क ३२२९ नम्बरको फोहर बोक्ने टिपरले प्र. ३-००१ ब.९४५ को सरकारी नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका कोइरालालाई तत्काल उपचारको लागि बानेश्वरस्थित सिभिल अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। 

दुर्घटनापछि गोर्खाको भूमिचोक स्थायी घर भई हाल काठमाडौँको पेप्सीकोला बस्दै आएका २६ वर्षीय विकास थापालाई प्रहरीले पक्राउ गरेको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad