बागमती


काठमाडौँका सुकेधारा र नैकापमा गाडीमा आगजनी, घटनास्थलमा दुर्गा प्रसाईं समूहको पर्चा

काठमाडौँका सुकेधारा र नैकापमा गाडीमा आगजनी, घटनास्थलमा दुर्गा प्रसाईं समूहको पर्चा

नेपालखबर
फागुन १९, २०८२ मंगलबार १०:२३, काठमाडौँ

काठमाडौँका अलग-अलग स्थानमा दुईवटा गाडीमा आगजनी गरिएको छ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार सुकेधारा र नैकापमा गाडीमा आगो लगाइएको हो।

‘सुकेधारामा बा ७ च १४०१ नम्बरको मारुती भ्यान र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरिएको पाइएको छ’, एसपी भट्टराईले नेपालखबरसँग भने।

उनका अनुसार आज बिहान ३ बजे आसपास गाडीमा आगजनी गरिएको हो। 

तर यस विषयमा अहिलेसम्म कोही पनि सवारीधनी प्रहरीको सम्पर्कमा नआएको एसपी भट्टराईले बताए।

‘घटनास्थलमा दुर्गा प्रसाईंको समूहको पर्चा भेटिएको छ,’ उनले भने, ‘हामी घटनाबारे अनुसन्धान गरिरहेका छौँ’, उनले भने। 

प्रसाईं भने निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा गत आइतबारदेखि भक्तपुर प्रहरीको हिरासतमा छन्।

उनलाई फागुन २२ गतेसम्म हिरासतमा राखिने प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad