भक्तपुर प्रहरीले निर्वाचन आचार संहिता विपरित बिक्री वितरण गर्न लागिएका ९५ थान टिसर्ट बरामद गरेको छ।
फागुन २१ गते हुने निर्वाचनका लागि प्रचार सामग्रीका रुपमा प्रयोग गर्न ल्याइएका टिसर्ट बरामद गरिएको हो।
फागु पुर्णिमा (होली) को बहानामा चुनावी प्रचार प्रसारको निम्ति ल्याइएका राजनैतिक दलका उम्मेदवारको फोटो अंकित टिसर्ट बिक्रीका लागि राखिएको पाइएपछि प्रहरीले बरामद गरेको हो।
उक्त टिसर्टहरू बिक्रिवितरण गरिरहेको अवस्थामा यही फागुन १६ गते भक्तपुर जिल्लाका विभिन्न स्थानहरूबाट बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एसपी प्रकाश जबेगुले जनाएका छन्।
18
Shares

प्रतिक्रिया