समाज


डिजिटल बैंकिङबारे विद्यार्थीलाई सचेतना

डिजिटल बैंकिङबारे विद्यार्थीलाई सचेतना

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १७:२६, काठमाडौँ

डिजिटल प्रविधिको तीव्र विकाससँगै बैंकिङ कारोबार अनलाइन माध्यमबाट बढ्दै गइरहेका बेला सम्भावित ठगी र साइबर अपराधका जोखिमबारे बच्न पिपल्स क्याम्पसले डिजिटल बैंकिङ सम्बन्धी सचेतना कार्यक्रम गरेको छ। 

कार्यक्रममा विद्यार्थीलाई असावधानीका कारण हुनसक्ने साइबर ठगी, फिसिङ, ओटीपी दुरुपयोग जस्ता जोखिमबारे बताइएको थियो। त्यस्तै, सुरक्षित कारोबारका उपायहबारे जानकारी दिइएको थियो। 

कार्यक्रममा न्युज २४ टीभीका आर्थिक पत्रकार चिरञ्जीवी भट्टराईले डिजिटल बैंकिङका विभिन्न माध्यम, अनलाइन भुक्तानी प्रणाली, मोबाइल बैंकिङ, क्यूआर कोड प्रयोग लगायतका विषयमा प्रस्तुति दिएका थिए। 

क्याम्पस प्रमुख मनोजबहादुर कुवँरले डिजिटल बैंकिङ कारोबारको विस्तारसँगै ठगीका घटनाहरू पनि बढ्दै गएको उल्लेख गर्दै सजग र सावधानीपूर्वक कारोबार गर्न विद्यार्थी सचेत गराए। यस्ता किसिमका सचेतनामूलक कार्यक्रमले विद्यार्थीलाई जोखिमबारे सचेत गराउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो। 

कार्यक्रममा सहायक प्रिन्सिपल रोजेश पण्डितले पनि डिजिटल ठगीका घटना बढ्दै गएका सन्दर्भमा यस्ता कार्यक्रमको सान्दर्भिकता अझ बढेको बताए। उनले विद्यार्थीलाई डिजिटल साक्षरता अभिवृद्धि गर्दै सुरक्षित बैंकिङ अभ्यास अपनाउन आग्रह गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad