ad ad

समाज


चितवनमा रहेका ७५ भारतीयले स्वदेश फर्कन नाम दर्ता गराए

चितवनमा रहेका ७५ भारतीयले स्वदेश फर्कन नाम दर्ता गराए

नेपालखबर
बैशाख २९, २०७७ सोमबार ६:३५,

जिल्लामा रहेका ७५ जना भारतीयले घर फर्कन चाहेको भन्दै नाम दर्ता गराएका छन्।

जिल्ला प्रशासन कार्यालय चितवनले फर्कन चाहने भारतीयलाई नाम दर्ता गर्न सूचना जारी गरेको थियो। आइतबार दिनको तीन बजेसम्म नाम टिपाउन भनिएकोमा सो संख्यामा नाम दर्ता भएको हो।

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार दर्ता भएका नाम भारतीय दूतावास पठाइएको छ। संकलन गरिएको विवरणमा नाम, भारतको ठेगाना र कुन नाकामार्फत फर्कनु पर्ने हो विस्तृत जानकारी पठाइएको उनले बताए।

भारतीय राजदूतावासले जिल्लामा रहेका भारतीय नागरिकको विवरण संकलन गरेर पठाइदिन आग्रह गरेपछि घर फर्कन चाहने भारतीय नागरिकको विवरण संकलनका लागि प्रशासनले शुक्रबार सूचना जारी गरेर सम्पर्कमा आउन आग्रह गरेको थियो।

सिम्खडाका अनुसार विवरण दूतावास पठाएपछि पनि केही व्यक्ति नाम छुटेको भन्दै सम्पर्कमा आएका छन्। ती नाम भने हालसम्म पठाइएको छैन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .