प्रधान सेनापति अशोकराज सिग्देलले सुनसरी स्थित पूर्वी पृतना र बर्दिवास स्थित मध्य पूर्वी पृतना तथा अन्तर्गतका सुरक्षा वेशहरूको निरीक्षण भ्रमण गरेका छन्।
निरीक्षण भ्रमणको दौरान प्रधान सेनापतिले पृतनाहरूको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधि सभा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिको सम्बन्धमा जानकारी लिनुका साथै प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिए।




162
Shares

प्रतिक्रिया