ग्लोबल


अमेरिकामा ‘हामी नेपाली इन्टरनेसनल’ स्थापना

अमेरिकामा ‘हामी नेपाली इन्टरनेसनल’ स्थापना

नेपालखबर
फागुन १३, २०८२ बुधबार १५:२०, काठमाडौँ

आप्रवासीका रुपमा विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गराउने उद्देश्यले हामी नेपाली इन्टरनेसनल स्थापना गरिएको छ। 

गैरनाफामुखी यो संस्थाको रुपमा अमेरिकाको न्यु योर्कमा दर्ता भई ‘नेपाल र नेपालीका लागि हामी नेपाली’ भन्ने नारासहित स्थापना गरिएको जनाइएको छ। संस्थाको अध्यक्षमा नवराज केसी, प्रेसिडेन्ट इलेक्ट मोहन वाईवा, महासचिव सूर्य सिम्खडा, उपाध्यक्षहरूमा इन्दिरा त्रिपाठी, वसन्ती राई र जनक भण्डारी, बृहस्पति लामा छन्। 

त्यस्तै, कोषाध्यक्ष डा. राम खडका, बोर्ड सदस्यहरूमा अर्विन पौडेल, रुद्र कार्की क्यान्डा, अंकुर लुईटेल, असोक ज्ञवाली, गेग्ये योङयाल रिम्पोछे, मेरिना पराजुली, श्याम कार्की, पासाङ लामा, पूर्णबहादुर भुजेल मगर, बिजय पुन दुबाई र ध्रुवकुमार खत्री छन्।

कानुनी सल्लाहकार गिरिजा गौतम, इन्टरनेशनल ओम्यान कोअर्डिनेटर सुस्मा कार्की, इन्टरनेशनल मिडिया कोअर्डिनेटर मनोज बस्नेत, इन्टरनेशनल युथ कोअर्डिनेटर जोन लामा र इन्टरनेशनल मिडिया रिपोर्टर बेगाम पण्डित रहेका छन।

त्यसैगरी सल्लाकार काउन्सिलमा  डा. राजन थपलिया, डा.श्याम कार्की, लक्ष्मी भट्ट, नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट डिलिसी, डा. तुलसा थापा र केदारप्रसाद घिमिरे रहेका छन्।

आप्रवासी नेपालीका रुपमा संसारभर छरिएर रहेका नेपालीलाई एकजुट गराउन यो संस्था स्थापना गरिएको अध्यक्ष नवराज केसीले बताए। छिट्टै अमेरिका बाहेकका विभिन्न देशरुमा पनि संस्थाको शाखा स्थापना गर्ने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad