काठमाडौँको वसन्तपुरमा रहेको कुमारी घर र गद्दी बैठक छेउमा कपडाको रङ्गीचङ्गी ध्वजायुक्त चीर ठड्याइएसँगै यस वर्षको फागुको रौनक सुरु भएको छ।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौँकै तँलाछीका धालासिक्व मानन्धर सनाः गू खलका सदस्यहरूले चीर ठड्याउने चलन छ। यो वसन्त ऋतुको आगमन भएको सङ्केत पनि हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जुराएको साइतअनुसार बिहान ७ बजेर १३ बजे पूर्व फर्काएर चिरोत्थान गरिएको हो।
यसपछि उपत्यकावासीमा रङ र खुसीको पर्व फागु (होली) सुरु पर्व भएको छ। यस वर्ष फागुको उल्लास आगामी आठ दिनसम्म रहनेछ। अष्टमीदेखि पूर्णिमासम्म मनाइने यो पर्वले मानिसहरूलाई जातीय र सामाजिक विभेद बिर्सेर एउटै रङमा समाहित गराउने विश्वास गरिन्छ।
समितिले दिएको साइतअनुसार फागुन १८ गते सोमबार साँझ ५ बजेर ३१ बजे मिनेटको साइतमा चीर ढालेपछि पर्व समापन हुनेछ। ढालिएको चीर घिसार्दै टुँडिखेल पुर्याइनेछ। त्यही साँझ ५ बजेर ५१ मिनेटमा चीर दाह (जलाउने) गरिनेछ। चीर जलेसँगै यस वर्षको फागु पर्वको औपचारिक रूपमा समापन हुनेछ।
Shares

प्रतिक्रिया