समाज


गृहमन्त्री अर्यालले भेटे धादिङ बस दुर्घटनाका घाइते

गृहमन्त्री अर्यालले भेटे धादिङ बस दुर्घटनाका घाइते

नेपालखबर
फागुन ११, २०८२ सोमबार १९:५२, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले धादिङ बस दुर्घटनाका घाइतेलाई भेटेर स्वास्थ्यस्थिति बारे जानकारी लिएका छन्। 

सोमबार अपराह्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहित कलंकीस्थति नेपाल नेशनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर पुगेका गृहमन्त्री अर्यालले उपचाररत घाइतेलाई भेटेका हुन्। दुर्घटनामा परी १९ जनाको मृत्यु भएको थियो, भने २५ जना घाइते भएका थिए। 

घाइतेको उद्धार गरेर अहिले कलंकीस्थति नेपाल नेसनल अस्पताल, ट्रमा सेन्टर र धादिङस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेको स्वास्थ्य अवस्थबारे जानकारी लिँदै गृहमन्त्री अर्यालले उपचारमा सरकारले कुनै कमि आउन नदिने प्रतिबद्धता जनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad