मधेस


जलेश्वरका मेयर र पिपराका अध्यक्ष-उपाध्यक्षसहित १५ नेता जसपाबाट निष्कासित

जलेश्वरका मेयर र पिपराका अध्यक्ष-उपाध्यक्षसहित १५ नेता जसपाबाट निष्कासित

सुभाष कर्ण
फागुन ११, २०८२ सोमबार २०:२६, जनकपुरधाम

जनता समाजवादी पार्टी (जसपा) ले महोत्तरी जिल्लाका जनप्रतिनिधि सहित १५ जना नेता कार्यकर्तालाई पार्टीबाट निष्काशित गरेको छ।

प्रतिनिधि सभाका अधिकारिक उम्मेदवारविरुद्ध गतिविधि नगर्न/गराउन पटक पटक सचेत गराउँदा समेत नमानेका कारण बाध्य भई पार्टीबाट निष्काशन गर्नु परेको जसपा नेपाल महोत्तरीले जनाएको छ। 

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले निष्काशनमा परेका नेता कार्यकर्ताबारे जानकारी गराएको हो।

निष्काशन गरिएका जनप्रतिनिधिहरूमा जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव, पिपरा गाउँपालिकाका उपाध्यक्ष वन्दना पाण्डेय र गौशाला नगरपालिका १२ का अध्यक्ष कुशेश्वर सिंह रहेका छन्। 

अन्य नेताहरूमा गौशाला २ का कुमरकान्त मिश्र, गौशाला १० का शेष जाली, गौशाला ४ का सविता कुमारी देवी, मटिहानी ५ का रामनन्दन यादव, मटिहानी ३ का मोजिम राइन, जलेश्वर २ का संतोष साह, पिपरा ५ का रामप्रकाश यादव, शम्भु यादव, पिपरा १ का राहुल पाण्डेय, एकडारा ३ का श्याम यादव र एकडारा ५ का हरिनारायण मण्डल रहेका छन्। 

श्याम यादव र हरि नारायण मण्डललाई पार्टी केन्द्रीय समितिमा र वन्दना पाण्डेयलाई प्रदेश समितिमा निष्कासनको लागि सिफारिस गरिएको जनाइएको छ।

पार्टीका जिल्ला अध्यक्ष रामबाबु साह र रामनरेश रायले जारी गरेको विज्ञप्तिमा पार्टीको अनुशासन, विधान र हितको रक्षा गर्दै आगामी निर्वाचनमा सबैले पार्टी उम्मेदवारको समर्थन गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad