समाज


धादिङ बस दुर्घटना : मृतक १९ जनाकै सनाखत, तीन जना विदेशी नागरिक (विवरणसहित)

धादिङ बस दुर्घटना : मृतक १९ जनाकै सनाखत, तीन जना विदेशी नागरिक (विवरणसहित)

नेपालखबर
फागुन ११, २०८२ सोमबार १९:७, काठमाडौँ

धादिङमा भएको बस दुर्घटनामा मृत्यु भएका १९ जनाकै सनाखत भएको छ। 

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुवाहक बस राति साढे १ बजे बेनिघाट रोराङ ५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा दुर्घटना भएको थियो। बस त्रिशूली नदी किनारमा खस्दा १९ जनाको मृत्यु भएको छ। मृतक सबैको सनाखत भएको प्रहरीले जानकारी दिएको छ। 

घाइते २६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार मृतकमध्ये तीन जना विदेशी नागरिक रहेका छन्। २४ वर्षका बेलायती नागरिक स्टेवर्थ डोमिनिक इथान, भारतको उत्तर प्रदेशको बसहरि बहराइच घर भएका ३२ वर्षका मनिष सुक्ला र चिनियाँ नागरिक ४० वर्षकी झ्याङ चुनचुनको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश दाहालले जानकारी दिए। 

सोमबार बिहानसम्म ९ जनाको मात्रै सनाखत भएकोमा बाँकीको दिउँसो आफन्तले पहिचान गरेका हुन्।  

मृतकहरूको विवरण: 

१. स्टेवार्ट डोमिनिक एथान नाम भएका वर्ष २४ का पुरुष (बेलायती नागरिक)

२. जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं. ३० बस्ने वर्ष अं. ४० को विवेक बास्तोला

३. जिल्ला स्याङ्जा, वालिङ १४ घर भई हाल जि. काठमाण्डौं नागार्जुन नगरपालिका वडा नं. ६ बस्ने वर्ष ६३ का चन्द्र बहादुर कुँवर

४. जिल्ला तनहुँ, व्यास गाउँपालिका वडा नं. ४ बस्ने अ. वर्ष ४० का ओम कुमार मल्ल

५. जिल्ला धादिङ, साबिक सल्यानकोट-८ हाल त्रिपुरा सुन्दरी गा.पा. ४ बस्ने अ. वर्ष ३० को इन्जिनियर ठकुरी

६. जिल्ला तनहुँ, सुक्ला गण्डकी गा.पा.-७, मालेबगर बस्ने अ. वर्ष ५५ की विष्णु माया

७. जिल्ला काठमाडौँ म.न.पा. ६, बौद्ध टुसाल बस्ने अ. वर्ष ४२ को लोप्साङ गोले

८. जिल्ला तनहुँ. भिमान नगरपालिका वडा नं. ६ बस्ने अ. वर्ष ४५/४६ को हरि प्रसाद सिग्देल

९. जिल्ला पाल्पा, तानसेन नगरपालिका वडा नं. २ बस्ने अ. वर्ष ५५ को नवीन्द्र श्रेष्ठ

१०. जिल्ला तनहुँ, शुक्ल गण्डकी गाउँपालिका वडा नं. ७ बस्ने वर्ष ६३ का रुद्र प्रसाद ढकाल

११. जिल्ला तनहुँ, शुक्ल गण्डकी गाउँपालिका वडा नं. २ बस्ने वर्ष २० कि अर्चना पौडेल

१२. जिल्ला कास्की, पोखरा म.न.पा. वडा नं. १४, चाउथे बस्ने वर्ष २१ कि अञ्जली क्षेत्री

१३. जिल्ला कास्की, माछापुच्छ्रे गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २१ को रोहित नेपाली

१४. जिल्ला स्याङ्जा, पुतलिबजार नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४५ का धनश्याम सुवेदी

१५. जिल्ला काठमाण्डौं, काठमाण्डौं म.न.पा. वडा नं. ३२ बुद्धनगर बस्ने वर्ष ३३ कि अनिशा महर्जन

१६. जिल्ला मोरङ, उर्लाबारी १ स्थायी ठेगाना भएकी वर्ष २७ की हिरा चौधरी

१७. जिल्ला कास्की, पोखरा म.न.पा. वडा नं. १९ बस्ने वर्ष २६ को सुजित नेपाली

१८. देश भारत, उत्तर प्रदेश प्रान्त, बसहरि बहराईच घर भएका वर्ष ३२ को मनिष सुक्ला, पुरुष (भारतीय नागरिक) 

१९. झाङ चुनचु नाम भएकी वर्ष ४० कि महिला (चिनियाँ नागरिक) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad