सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दाको फाइल झिकाउन आदेश दिएको छ।
सोमबार सर्वोच्चका न्यायाधीशद्वय डा.नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्तको कार्यालयबाट फाइल झिकाउन आदेश दिएको हो। प्रसाईंका तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका क्रममा जिल्ला प्रहरी परिसरले पठाएको लिखित जवाफका आधारमा फाइल झिकाउने आदेश गरिएको छ।
प्रहरीले पठाएको जवाफमा निर्वाचन आयोगबाट प्रसाईंमाथि अनुसन्धान गर्न पत्राचार भएकाले पक्राउ गरिएको उल्लेख थियो। त्यसका आधारमा सर्वोच्चले आयोगको पत्रसहित अनुसन्धानको सक्कल फाइल झिकाउन लगाएको हो।
प्रसाईंको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिटलाई सर्वोच्चले प्राथमिकतामा राखेको छ। यसमाथि फागुन १२ गते पेशी तोकिएको छ।
372
Shares

प्रतिक्रिया