समाज


काठमाडौंमा एकै दिन चोरले दुइ घर फोरे

काठमाडौंमा एकै दिन चोरले दुइ घर फोरे

नेपालखबर
असार २५, २०७६ बुधबार ८:४२,

काठमाडाै‌ंका विभिन्न स्थानमा घर भित्रबाट धनमाल चाेरी हुनुका साथै लुटपाटका घटनामा वृद्धि भएकाे छ।

काठमाडौं महानगरपालिका–३१ शान्तिनगर नगेन्द्र कान्छा चोकमा डेरा गरी बस्ने मोरङ उर्लावारी घर भएका ३४ वर्षीय तुलसीराम नेपालको कोठाबाट कोही नभएको अवस्थामा नगद ४० हजार रुपैयाँ, ल्यापटप १ थान र सुनका विभिन्न गहना समेत गरी करिब २ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

यसैगरी काठमाडौं महानगरपालिका-४ पञ्चकन्या मार्ग डेरा गरी बस्ने भक्तपुर घर भएका रामकृष्ण राजवाहकको कोठाबाट कोही नभएको अवस्थामा मंगलबार साँझ नगद १ लाख १० हजार रुपैयाँ चोरी भएको छ।

यस्तै, चन्द्रागिरी नगरपालिका-१५ मुनालचोक बस्ने अर्घाखाँचीकी ४३ वर्षीया रमादेवी भट्टराईको सुनको सिक्री, बाला, जन्तर र रिङ समेत गरी करिब १ लाख ९४ हजार रुपैयाँ बराबरको ३ तोला सुनका गहना र मोबाइल १ थान‍ सोमबार राति चोरी भएको छ।

फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .