चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का आवासीय चिकित्सकहरूले निर्वाह भत्ता नपाएको भन्दै सेवा बहिष्कार गर्ने चेतावनी दिएका छन्।
रेजिडेन्ट एसोसिएसन अफ न्याम्सले आज विज्ञेप्ती निकाली माग पुरा नभए सोमवारदेखि आकस्मिक बाहेकका सेवा बहिष्कार गरेर धर्ना गर्ने चेतावनी दिएको हो।
आवासीय चिकित्सकहरुले ५ महिना अघि भएको सम्झौता अनुसार समयमा नै निर्वाह भत्ता र राती ड्युटी गर्दाको भत्ता नपाएको जनाएका छन्। आफूहरूले पटक–पटक वार्ता र सम्झौता गरे पनि कार्यान्वयन नहुँदा बाध्य भएर आन्दोलनमा उत्रनुपरेको आवासीय चिकित्सकहरूको भनाइ छ।
रात्री ड्युटीको भत्ता समयमै दिनुपर्ने, ड्युटी मिलाउनुपर्ने, पुस्तकालय सुधार लगायत अन्य सुविधाहरूको मागलाई आवासीय चिकित्सकहरूले राखेका छन्।
माग सम्बोधन नगरे भोलि (सोमबार) देखि आकस्मिकबाहेकका सेवामा आफूहरू संलग्न नहुने चेतावनी दिएका छन्।

Shares

प्रतिक्रिया