बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शिवनाथ गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा गएराति बछलाबाट बचरातर्फ जाँदै गरेको सुप्रप ०४–०११ ज ००६९ नम्बरको जिप दुर्घटना भएको हो।
मृत्यु हुनेमा जिप चालक शिवनाथ–२ का २६ वर्षीय केशवसिंह धामी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक धामीलाई उपचारको लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिपमा चालक मात्रै सवार थिए। दुर्घटनाग्रस्त जिप सडकबाट करिब २०० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
174
Shares

प्रतिक्रिया