राजनीति


दाङमा एमालेको झन्डा जलाएको घटनामा थप २ जना पक्राउ

दाङमा एमालेको झन्डा जलाएको घटनामा थप २ जना पक्राउ

नेपालखबर
फागुन ९, २०८२ शनिबार ९:३८, काठमाडौँ

दाङमा नेकपा एमालेको झन्डा जलाएको घटना अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले दिएको जानकारीअनुसार फागुन ७ गते राति दाङको तुलसीपुर उपमहानगरपालिका-५, वीरेन्द्र चोकमा एमालेको चुनाव चिह्न अङ्कित झन्डा जलाइएको घटनामा थप २ युवकलाई नियन्त्रणमा लिइएको हो। 

उनका अनुसार तुलसीपुर उपमहानगरपालिकाकै वडा नं. ४, हलवारका ३० वर्षीय रमेश राना मगर र सोही उपमहानगरपालिका वडा नं. ६, गाइडरका २४ वर्षीय विक्रम परियारलाई प्रहरीले पक्रेको हो। 

यसअघि त्यही घटनामा बुद्धिबहादुर बस्नेत पक्राउ परिसकेका छन्। 

हालसम्म पक्राउ परेका तीनैजना उपर थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य सम्भावित व्यक्तिको खोजी जारी रहेको डीएसपी बोहराले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad