समाज


८ क्विन्टल गाँजासहित ५ जना पक्राउ

८ क्विन्टल गाँजासहित ५ जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
फागुन ७, २०८२ बिहिबार १३:४४, काठमाडौँ

प्रहरीले झण्डै आठ क्विन्टल गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। 

ललितपुर, मकवानपुर र धनकुटाबाट ७ सय ९३ किलोग्राम गाँजासहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

मकवानपुरको भीमफेदी गाउँपालिका-२ चुनियाबाट करिब ४ सय ३८ किलोग्राम गाँजासहित दुई जना पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा कैलाश गाउँपालिका-१० बस्ने २७ वर्षीय राम बहादुर मोक्तानसहितका दुईजना छन्। 

गएराति प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरीले उनीहरूलाई गाँजासहित पक्राउ गरेको हो। 

उनीहरूले प्रयोग गरेको लु.१ च २१५२ नम्बरको बोलेरो गाडी र बा.प्र.०३-००५ प ४५७६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। 

त्यसैगरि धनकुटाको साँगुरीगढी गाउँपालिका-७ गर्जुवास्थित जंगलबाट पनि २ सय ५ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका-७ बस्ने ३३ वर्षीय प्रकाश राईसहित दुई जना छन्।

प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई गाँजा सहित पक्राउ गरेको हो।

त्यसैगरि ललितपुरकाो बाग्मती गाउँपालिका-३ छपेलीबाट करिब १ सय ५० किलोग्राम गाँजासहित एक युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा बस्ने रूपन्देही बुटवल उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय नगेन्द्र श्रेष्ठ छन्। 

प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले ना.३ च ४०५ नम्बरको हात्ती गाडी जाँच गर्ने क्रममा गाँजा फेला परेको हो। 

प्रहरीले गाडी चालक नगेन्द्रलाई पक्राउ गरेको हो।

यी सबै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad