समाज


उत्तरी सिक्किममा भारतीय र चिनियाँ सैनिकबीच झडप, ११ जना घाइते

उत्तरी सिक्किममा भारतीय र चिनियाँ सैनिकबीच झडप, ११ जना घाइते

नेपालखबर
बैशाख २८, २०७७ आइतबार ५:५३,

भारतको उत्तर सिक्किमस्थित ना कुला क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ।

ना कुला क्षेत्रको दुई देशको सीमामा भारतीय र चिनियाँ सेनाबीच झडप भएको भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

चार भारतीय सेना र सात चिनियाँ सेना झडपको क्रममा घाइते भएको जनाइएको छ।। उनीहरुलाई सामान्य चोट लागेको र अवस्था खतरामुक्त रहेकाे  बताइएको छ। उक्त झडप हिजो शनिबार भएको थियो।

नियमित गस्तीको क्रममा दुवै पक्षको फौजको बीच झगडा भएको हो। अहिले स्थानीय स्तरमै छलफल गरी सो समस्याको हल गरिएको बताइए पनि यसबारे दुबै देशले औपचारिक प्रतिक्रिया जनाएका छैनन्।

अति विकट हिमाली क्षेत्रका रुपमा रहेको यो क्षेत्र सडक सञ्जालले जोडिएको छैन। 

भारत र चीनको सीमा विवादलाई लिएर त्यहाँ यसप्रकारका घटना हुँदै आएका छन्।

गत वर्ष पनि लद्दाखमा गस्तीका क्रममा दुई देशका सैनिकबीच झडप भएको थियो। त्यस्तै सन् २०१७ मा पनि यसै स्थानमा दुवै पक्षका सेनाबीच झडप भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad