नेपालका लागि बेलायतका पूर्व राजदूत रिचर्ड मोरिस बुधबारदेखि बेपत्ता भएका छन्।
बेलायतको ह्यम्पसायर प्रहरीका अनुसार उनी फर्नहामको बेन्टलीमा गएको बुधबार विहान साढे दश बजे एक्सरसाइजका लागि निक्लेका थिए। तर उनी घर नफर्केपछि अहिले प्रहरीले उनको खोजी कार्य तीब्र पारेको छ।
मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायतका राजदूत थिए। नेपालको प्राकृति सौन्दर्यप्रति सँधै अगाध माया र मोह प्रकट गर्ने पूर्व राजदूत मोरिसले नेपालमा चार वर्षे कार्यकालमा बेलायती जनतालाई नेपाल भ्रमण गर्न सँधै उत्तप्रेरित गरेका थिए।
नेपाल छोडेपछि उनीले फिजीको हाई कमिस्नर र साथै प्यासिफक नेटवर्कको प्रमुख भएर काम गरेका थिए।
५२ वर्षीय मोरिस विहान दौडिन निस्केका थिए। तर उनी पाँच दिनदेखि सम्पर्कविहिन अवस्थामा छन्। हाल प्रहरीलै सबैतिर उनको खाजी गरिरहेको छ। खोजीको लागि प्रहरीले जनसाधारणमाझ अपील गर्दै सबैलाई खाजीको लागि सहयोगको याचना गरेको छ।
प्रहरीका अनुसार उनले लामो बाहुला भएको नीलो जीपरको टप, कालो हाफ पाइन्ट र नीलो जुत्ता लगाएका छन्। प्रहरीले रिचर्ड हुलिया ६ फिट अग्लो, श्वेत वर्णको, फुलेको कपाल र दाह्री पालेको उल्लेख गरेको छ।
उनको अनुहारमा जन्मचिन्ह भएको पनि सो हुलियामा जनाएको छ। उनको परिवारले मोरिसको कुशलताका बारेमा चिन्ता व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया