समाज


कोरोना संक्रमणबाट भारतमा एक नेपालीको मृत्यु, पाँच नेपालीद्वारा आत्महत्या

कोरोना संक्रमणबाट भारतमा एक नेपालीको मृत्यु, पाँच नेपालीद्वारा आत्महत्या

नेपालखबर
बैशाख २८, २०७७ आइतबार २:२५,

कोरोना संक्रमणको कारण भारतमा एक नेपालीको मृत्यु भएको छ।

पाल्पाको दारशिवाय घर भएका का ४५ वर्षीय दुर्गा थापाको उपचारको क्रममा मृत्यु भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

मृतक थापा रोजगारीको सिलसिलामा हरियाणामा बस्दै आएका थिए। कोरोना संक्रमण देखिएपछि स्थानीय अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

अहिलेसम्म भारतमा बस्दै आएका २८ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको छ।

भारतमा संक्रमण पुष्टि भएका २८ नेपालीमध्ये १३ जना उपचारपछि निको भइसकेका छन्। बाँकी १४ जनाको उपचार भइरहेको दूतावासले जनाएको छ। भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म २१ सय भन्दा धेरैकाे मृत्यु भइसकेकाे छ।

यसैबीच कोरोना संक्रमण सुरु भएपछि भारतमा पाँच नेपालीले आत्महत्या गरेका छन्। दिल्ली र गुजरातमा गरी पाँच नेपालीले कोरोनाको त्रासको कारण आत्महत्या गरेका हुन्।

सुर्खेत घर भइ गुजरात बस्दै आएका एकै परिवारका चार जनाले एक साता अघि आत्महत्या गरेका दूतावासले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad