समाज


कोरोनाबाट बेलायतमा अर्का पूर्व सैनिकको मृत्यु, बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ४५ पुग्यो

कोरोनाबाट बेलायतमा अर्का पूर्व सैनिकको मृत्यु, बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ४५ पुग्यो

नेपालखबर
बैशाख २८, २०७७ आइतबार २:४७,

कोरोनाको संक्रमणबाट बेलायतमा थप एकजना पूर्व गोरखा सैनिकको मृत्यु भएको छ।

श्वासप्रश्वासको समस्या देखिएपछि १० दिन अघि मेडिस्टोन अस्पतालमा भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा शनिबार निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए।

ताप्लेजुङ मैवाखोला स्थायी घर भई राई विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै आएका थिए।

हालसम्म बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ४५ पुगेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad