समाज


बिल क्लिन्टनसँगै अफ्रिका पुगेकी ती मोडल, जसका लागि निजी जेटको यात्रा ‘दुस्वप्न’ बन्यो

बिल क्लिन्टनसँगै अफ्रिका पुगेकी ती मोडल, जसका लागि निजी जेटको यात्रा ‘दुस्वप्न’ बन्यो

जुलिया ब्रायन्टलाई


नेपालखबर
फागुन ३, २०८२ आइतबार १८:१५, काठमाडौँ

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनसँगै दक्षिण अफ्रिकाको भ्रमणमा रहेका बेला अर्बपति जेफ्री एप्स्टिनले एउटा डरलाग्दो जालो बुन्न सुरु गरेका थिए। सन् २००२ को सेप्टेम्बर महिनामा क्लिन्टनको टोलीसँगै अफ्रिकी तटमा पुगेका एपस्टिनले २० वर्षीया मोडल जुलिया ब्रायन्टलाई याैन दुर्व्यवहार गरेको तथ्य खुलेको छ।

यौन तस्कर एपस्टिनको पञ्जाबाट उम्किन सफल जुलियाले स्काई न्युजलाई अन्तर्वार्ता दिँदै आफ्नो सपना कसरी दुस्वप्नामा बदलियो भन्ने कारुणिक कथा सुनाएकी हुन्।

'मलाई लागेको थियो मेरा सबै सपना साकार हुँदैछन्,' बिल क्लिनट्नसँग एउटै जहाजमा एप्टिनसँग हुँदाको समय स्मरण गर्दा भावुक हुँदै उनले भनिन्, 'तर क्लिन्टनसँगै हिँडेको त्यो शक्तिशाली मान्छेले मलाई मारूँला जस्तो गरेको थियो।'

जुलियाका अनुसार एपस्टिनको निजी जेट 'लोलिता एक्सप्रेस' आकाशमा उड्नेबित्तिकै जुलियामाथि दुर्व्यवहार सुरु गरेका थिए। विमानभित्र एपस्टिनका लागि काम गर्ने अन्य महिला समेत थिए तर उनीहरू जुलियटको चीत्कारमा सहानुभूति देखाउनुको सट्टा हाँसिरहेका थिए।

'म निकै डराएकी थिएँ, मलाई लाग्थ्यो यी मानिसहरूले मलाई मार्नेछन्,' उनले भनिन्, 'बाँच्नका लागि मैले त्यतिबेला निकै नम्र हुनुपर्ने बाध्यता थियो।'

एपस्टिनको सोही विमानले बेलायतमा मात्रै ९० पटक गोप्य उडान भरेको थियो। जसमा धेरैजसो उडानहरू शाही दरबार र ठूला रिसोर्टहरूका नजिकका विमानस्थलमा भएका थिए।

बेलायती राजपरिवारसँगको 'कनेक्सन'

यो प्रकरणले बेलायती राजकुमार एन्ड्रयुलाई फेरि पनि विवादको घेरामा तानेको छ। विमानका लगबुकहरूले एपस्टिनले आफ्ना केटी 'शिकार'हरूलाई न्यूयोर्क, भर्जिन टापु र फ्लोरिडाका विलासी महलहरूमा ओसार्न जेटको प्रयोग गर्ने गरेका थिए।

यी उडानहरूलाई 'व्यापारिक' भनिए पनि विमानभित्र सामूहिक यौन क्रियाकलाप र अमानवीय हर्कत हुने गरेको खुलासा जुलियटले गरिकी छिन्। 

बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले ब्रिटिश भूमिमा भएको यो मानव तस्करीको सूक्ष्म अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका छन्।

सन् २००८ मा नाबालिगसँग यौनसम्बन्ध राखेको आरोपमा दोषी ठहरिएका एपस्टिनले सन् २०१९ मा न्यूयोर्कको जेलमा आत्महत्या गरेका थिए। तर, उनले बुनेको यो शक्तिशाली र विभत्स जालोका पाटाहरू अझै खुल्ने क्रममै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad