समाज


करेन्ट लागेर २ जनाको मृत्यु

करेन्ट लागेर २ जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
फागुन ३, २०८२ आइतबार १३:५९, काठमाडौँ

सिन्धुली र कैलालीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। 

सिन्धुलीको गोलन्जोरमा करेन्ट लागेर एक कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा कमलामाई नगरपालिका-४ ढुंग्रेबास बस्ने ४२ वर्षीय रामलाल श्रेष्ठ छन्।

काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो। 

गोलन्जोर गाउँपालिका-५ आलडाँडा घर भएका श्रेष्ठको बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरि कैलालीको धनगढी उपमहानगरपालिका-१९ फुलवारीमा पनि करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा २० वर्षीय बिमल चौधरी छन्। 

करेन्ट लागेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

कैलारी गाउँपालिका-६ बेनौलीमा बिजुलीको पोलमा ट्रान्सफर्मर राख्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। 

यी दुवै घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad