समाज


जेन-जी सुशासन योद्धा परिवारद्वारा सहिदहरूको सम्झनामा क्षमायाचना पूजा

जेन-जी सुशासन योद्धा परिवारद्वारा सहिदहरूको सम्झनामा क्षमायाचना पूजा

नेपालखबर
माघ २९, २०८२ बिहिबार १५:३२, काठमाडौँ

जेन–जी सुशासन योद्धा परिवारले सहिदहरूको सम्झनामा भावपूर्ण क्षमायाचना पूजा गरेका छन्।

नयाँ बानेश्वरस्थित संसद भवन अगाडि क्षमा याचना पूजा गरिएको हो। जेन–जी आन्दोलनका क्रममा सहिद भएकाहरूको आत्मशान्तिको लागि यो पूजा एवं होम लगाइएको थियो।

सहिद परिवारका सदस्यहरू, योद्धा परिवारका प्रतिनिधि तथा समर्थकहरूको उपस्थितिमा यो धार्मिक एवं भावनात्मक कार्यक्रम गरिएको हो।

जेन–जी सुशासन योद्धा भनेर सरकारले पहिचान गरेका ४५ जना प्रदर्शनकारीहरूलाई सहिद घोषणा गरेको थियो।

सहिदहरूको बलिदानलाई सम्मान गर्दै परिवारले यस्ता कार्यक्रम नियमित रूपमा गर्दै आएको छ। कार्यक्रममा सहभागीहरूले सहिदहरूको योगदानलाई स्मरण गर्दै सुशासनको पक्षमा निरन्तर संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

यो पूजा एवं सत्याग्रहले सहिदहरूको आत्मालाई शान्ति प्रदान गर्ने साथै समाजमा सुशासनको सन्देश फैलाउने उद्देश्य राखेको आयोजकले बताएका छन्।

जेन–जी सुशासन योद्धा परिवारले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad