कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउनको आज ४७ दिन पुगेको छ।
गत चैत ११ गतेबाट जारी लक डाउन जेठ ५ गतेसम्म तोकिएको छ। यद्यपी लक डाउनका विषयमा त्यसपछि के गर्ने भन्ने विषयमा सरकारले निर्णय गरेको छैन। लक डाउन जारी रहेपनि निर्माण क्षेत्र र विभिन्न उत्पादनका क्षेत्रहरु भने सुचारु हुन थालेका छन्।
सरकारले विकास निर्माणका काम, उत्पादनका क्षेत्र र अत्यावश्यक वस्तु ढुवानीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेसँगै विभिन्न उद्योग, खाद्यान्नका पसलहरु सञ्चालनमा आएका छन्। बैंकिङ तथा वित्तिय क्षेत्रहरुपनि सञ्चालनमा आउन थालेका छन्।
नेपालमा अहिले कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ। ३० जना उपचारपछि निको भएर घर फर्किएका छन्। १ सय ३५ जना संकास्पद व्यक्ति विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यद्यपी निको भएकामध्ये पुनः तीन जनामा फेरि संक्रमण देखिएको छ।

प्रतिक्रिया