ad ad

समाज


चीनको चाङ्सातर्फ उड्यो नेपाल एयरलाइन्सको जहाज

चीनको चाङ्सातर्फ उड्यो नेपाल एयरलाइन्सको जहाज

रासस
बैशाख २७, २०७७ शनिबार ५:४,

चीनको चाङ्साबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यसतर्फ उडेको छ। निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब साढे १० बजे चाङ्शा उडेको विमानस्थलले जनाएको छ।

चाङ्साबाट स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज गन्तव्यतर्फ गएको निगमका प्रवक्ता अर्चना खड्काले बताए। निजी क्षेत्रका व्यवसायीले स्वास्थ्य सामग्री ल्याउन निगमको जहाज कार्गो चार्टर्ड गरेका हुन्। निगमको चीनका विभिन्न गन्तव्यमा यो छैठौं उडान हो।

यसअघि वैशाख २४ गते निगमको वाइडबडी जहाजले चीनको बेइजिङबाट स्वास्थ्य सामग्री ल्याएको थियो। चीनको राजधानी बेइजिङमा निगमले पहिलोपटक चार्टर्ड उडान गरेको थियो।

लकडाउनको अवधिमा सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरिरहेको निगमले चीनका विभिन्न शहरमा छ कार्गो उडान गरेको छ। त्यस्तै पाँच चार्टर्ड उडान गरेको छ। लामो दूरीको अष्ट्रेलियाको सिड्नी र ब्रिश्वेनमा चार्टड उडान गरेको जहाजले जापानको नारिता, भारतको नयाँ दिल्ली र बङ्गलादेशको ढाकामा पनि चार्टर्ड उडान गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .