जापानमा आज (आइतबार) देखि तल्लो सदन (प्रतिनिधि सभा) को मतदान सुरु भएको छ, जसमा प्रधानमन्त्री साने ताकाचीले भारी विजय हासिल गर्ने अपेक्षा गरिएको छ।
यद्यपि देशका धेरै भागमा हिमपातले मतदाताको सहभागिता घटाउने आशंका छ। आइतबार २७ देखि २८ इन्चसम्म हिमपात हुने अनुमान गरिएको छ।

ताकाची जापानकी पहिलो महिला प्रधानमन्त्री हुन्।

उनले अक्टोबरमा पदभार ग्रहण गरेकी थिइन्। जनमत सर्वेक्षणअनुसार, उनको रूढिवादी गठबन्धन (लिबरल डेमोक्र्याटिक पार्टी र जापान इनोभेसन पार्टी) ले संसद्को तल्लो सदन (प्रतिनिधि सभा) का ४६५ सिटमध्ये ३०० भन्दा बढी सिट जित्न सक्छ।
गठबन्धनसँग हाल २३३ सिट छन् र यदि यसले ३१० सिट जित्यो भने माथिल्लो सदनमा विपक्षीको नियन्त्रणका बाबजुद कानुन पारित गर्ने शक्ति हुनेछ।
ताकाचीले गठबन्धनले बहुमत गुमाएमा राजीनामा दिने बताएकी छन्।
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ताकाचीलाई समर्थन व्यक्त गरेका छन्।
Shares

प्रतिक्रिया