धादिङ, डोटी, रुपन्देही, कपिलवस्तु र सर्लाहीमा पाँच जनाको शव फेला परेको छ।
धादिङको निलकण्ठ नगरपालिका-५ देउराली बस्ने ६२ वर्षीय चेतबहादुर मगर मृत फेला परेका प्रहरीले जनाएको छ।
स्थानीय सिस्नेरी खोला किनारमा उनको शव फेला परेको हो। उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरि डोटीको शिखर नगरपालिका-११ बारबाटा बस्ने २४ वर्षीय सन्तोष रोकाया पनि मृत भेटिएका छन्। शिखर-८ गोल्मागाडस्थित खोला किनारमा बुधबार उनको शव फेला परेको हो।
त्यसैगरि रूपन्देहीको बुटबल उपमहानगरपालिका-५ अमरपथ राधाकृष्ण टोलमा पनि एक पुरुषको शव फेला परेको छ।
बुटवल उपमहानगरपालिका-५ सौभाग्य नगर बस्ती बस्ने अर्घाखाँची घर भएका ५० वर्षीय कमल परियार मृत अवस्थामा फेला परेका हुन्।
त्यसैगरि कपिलवस्तुको महाराजगंज नगरपालिका-२ गैडहवामा पनि एक पुरुषको
हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरूष गाउँकै सडकमा मृत भेटिएका हुन्। त्यसैगरि सर्लाहीको ईश्वरपुर नगरपालिका-७ पोखरीटोलमा पनि एक युवकको शव भेटिएको छ।
स्थानीय पोखरीमा सोही ठाउँका २० वर्षीय अनिल महतो कुशवाहाको शव फेला परेको हो। यी सबै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया