समाज


सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १ घाइते

सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १ घाइते

नेपालखबर
माघ १७, २०८२ शनिबार १८:२२, काठमाडौँ

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।  बाँके, अर्घाखाँची, सर्लाही, रामेछाप, झापा र उदयपुरमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

बाँकेको कोहलपुर नगरपालिका-१० मा नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको बा.२१ च ५१८४ नम्बरको कारको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो। 

मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका-१५ टंकपसेरी बस्ने ४९ वर्षीय सतार कवाडीया रहेका प्रहरीले जनाएको छ। उनको शनिबार 
मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरि अर्घाखाँचीको सन्धिखर्क नगरपालिका(९ टारीमा टिपरले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। 

हंसपुरबाट टारीतर्फ आउँदै गरेको लु.१ ख ५१३३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री मालारानी गाउँपालिका-५ बस्ने ३२ वर्षीय उमेश खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले टिपर चालकलाई नियन्त्रण लिएको छ।

त्यसैगरि सर्लाहीको चन्द्रनगर गाउँपालिका-२ बिर्ताटोलमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। 

बिर्ताबाट बर्कुरवातर्फ जाँदै गरेको बिआर ३० एपि ३०३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया शान्ती देवी ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीरगन्जस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।

त्यसैगरि झापाको मेचीनगर नगरपालिका-६ मेचीपुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१२ प ३८४९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

मोटरसाइकलमा सवार मेचीनगर नगरपालिका-६ बस्ने ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको भइरहेको छ।

त्यसैगरि उदयपुरको रौतामाई गाउँपालिका-५ मा ट्रक दुर्घटना हुँदा २७ वर्षीय युवकको मृत्यु भएको छ। 

खोटाङबाट लाहानतर्फ आउँदै गरेको प्र.१-०२-००१ ख ९२२३ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। 

मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका-१६ बस्ने २७ वर्षीय संजय मगर रहेका प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो।

त्यसैगरि रामेछापको गोकुलगंगा गाउँपालिका-१ चुचुरेमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

ना.६ त ४७१९ नम्बरको ट्याक्टर शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३० वर्षीय भिम बहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको हो।
‍ 
यी सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad