समाज


प्रहरी जवानको लिखित परीक्षामा सहभागी १२ जना नक्कली परीक्षार्थी पक्राउ

प्रहरी जवानको लिखित परीक्षामा सहभागी १२ जना नक्कली परीक्षार्थी पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेत


दिनेश बुढा
माघ १७, २०८२ शनिबार १६:१५, सुर्खेत

जनपद प्रहरी जवानको लागि लोकसेवा आयोग सुर्खेतले सञ्चालन गरेको लिखित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको पाइएको छ। 

प्रहरी जवानको परीक्षमा सहभागी भएको आरोपमा आरोपमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ। 

आज (माघ १७ गते शनिबार) सुर्खेत सदरमुकामका ८ वटा परीक्षा केन्द्रमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म लिखित परीक्षा सञ्चालन गरिएको थियो। 

परीक्षामा सहभागीमध्ये केहीले अर्कै व्यक्तिको नाममा परीक्षा दिएको शंका लागेपछि दिउँसो करिब २ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक श्यामकुमार यादवको कमाण्डमा ४० जनाको प्रहरी टोली खटिएको थियो। 

प्रहरीका अनुसार पक्राउ पर्ने जाजरकोटको कुशे गाउँपालिका–२ का २१ वर्षीय निरज शाहीले सोही ठाउँका १८ वर्षीय सूर्यकिरण शाहीको नाममा परीक्षा दिन आएको खुले छ। 

उनीहरु दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ। 

त्यस्तै, कुशे गाउँपालिका(२ का २३ वर्षीय नवराज विक, २६ वर्षीय विपेश सिंह, छेडागाड नगरपालिका–१० का १९ वर्षीय चन्द्र शाह, कुशे गाउँपालिका–११ का १७ वर्षीय केशव थापा, शिवालय गाउँपालिका–४ का २४ वर्षीय प्रकाश बुढा र जुनिचाँदे गाउँपालिका–३ की २१ वर्षीया डिल्ला खड्का पनि पक्राउ परेका छन्।  

खड्काको प्रवेशपत्रमा प्रयोग गरिएको फोटो शंकास्पद देखिएको प्रहरीले जनाएको छ। 

यसैगरी दैलेख दुल्लु नगरपालिका–१ का २४ वर्षीय रमेश नेपाली,  बाँकेको राप्ती सोनारी गाउँपालिका–८ का २५ वर्षीय सर्जु थारु, सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ का १८ वर्षीय वीर बहादुर बाठा र जाजरकोट जुनिचाँदे गाउँपालिका–१ का १८ वर्षीय ललित रावल पनि  पक्राउ परेका छन्। 

नियन्त्रणमा लिइएकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad