समाज


गृहले भन्योः कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनु

गृहले भन्योः कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनु

नेपालखबर
माघ १५, २०८२ बिहिबार २१:५०, काठमाडौँ

गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुने र त्यसबाट वैदेशिक अध्ययन, भ्रमण, रोजगारलगायतमा असर पर्ने भन्दै सचेत गराएको छ।

आज गृहले विज्ञप्ति प्रकाशित गरी ‘कानुन विपरीत काम कारबाही गरे गराएमा त्यस्ता कामको विवरण नेपाल प्रहरीद्वारा जारी हुने चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख हुने’ स्पष्ट पारेको छ।

साथै, ‘अपराध सम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० को प्रतिकूल हुने गरी प्रमाणपत्र उपलब्ध गराएको पाइएमा, प्रमाण पत्रमा केरमेट, थपघट गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यवस्था रहेको’ पनि स्मरण गराइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad