आज (बुधबार) काठमाडौँ उपत्यकामा पानी परेको छ।
यो यसपालीको पहिलो हिउँदे वर्षा हो।
लामो समयदेखि पानी नपर्दा तुवाँलो र प्रदूषणले ढाकेको काठमाडौँमा वर्षापछि राहत महशुस गरिएको छ।
पश्चिमी नेपालबाट हिजोदेखि सुरु भएको वर्षाको असर आज काठमाडौँ आइपुगेको हो।
कतिपय पहाडी जिल्लामा यतिबेला हिमपात भइरहेको छ।
मौसम बदली (आकाशमा बादल) भएका कारण आज काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ह्वात्तै बढेको छ।
आज बिहान काठमाडौँको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस देखिएको मौसम महाशाखाले जनाएको छ।








96
Shares

प्रतिक्रिया